Logo
Logo

छोराको हत्या गरी फरार रहेका बुबा पक्राउ


1.4k
Shares

काठमाडौं । आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका अभियुक्त बारा देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै १४ दिनको छोराको यही जेठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्