Logo
Logo

आईएमई लाइफले करिब ३ अर्बको आइपीओ निस्काशन गर्दै



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले प्रिमियममा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीलाई प्रिमियममा प्राथमिक सेयर जारी गर्न धितोपत्र बोर्डले स्वीकृति दिएको छ । प्रतिकित्ता २३६.९१ रुपैयाँका दरले आइपीओ जारी गर्ने कम्पनीले जनाएको छ । कम्पनीले जारी पुँजीको ३० प्रतिशत आइपीओ निष्कासन गर्ने छ । जसमा १ करोड २० लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गर्ने तयारी छ ।

२ अर्ब ७६ करोड रुपैयाँ बराबर आइपीओ जारी गर्ने अनुमति पाएको छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिभिल क्यापिटल लिमिटेड छ। हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड रुपैयाँ छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीले २ अर्ब ९८ करोड कुल बीमा शुल्क आर्जन गरेको छ । जसमध्ये २ अर्ब ८९ करोड खुद बीमा शुल्क आर्जन हो ।

कम्पनीको जगेडा कोषमा १ अर्ब १० करोड रुपैयाँ सञ्चित छ। जीवन बीमा कोषमा ६ अर्ब ७ करोड छ भने ८ अर्ब ४ करोड दीर्घकालीन लगानी तथा कर्जा रहेको छ । कम्पनीले चैतसम्म १८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । सो अवधिसम्म प्रतिसेयर आम्दानी ८.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १४३.६७ रुपैयाँ कायम छ ।

प्रतिक्रिया दिनुहोस्