Logo
Logo

संसदका दुवै सदनको बैठक बस्दै, बजेटमाथि छलफल हुने


693
Shares

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै छ । आज (बिहीबार) प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने भएको छ भने राष्ट्रिय सभा बैठक दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ ।

दुवै सदनको बैठकमा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल जारी रहनेछ । छलफलमा सांसदहरूले बजेटमाथि आफ्नो धारणा राख्ने क्रम चलिरहेको छ। बुधबारको बैठकमा बोल्न नपाएका सांसदले आज बिहीबार धारणा राख्नेछन्।

प्रतिपक्षका साथै सत्तारुढ दलका सांसदले पनि बजेटको आलोचना गरिरहेका छन्। सरकारले जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८०/०८१ को बजेट पेस गरेकाे थियाे

प्रतिक्रिया दिनुहोस्