Logo
Logo

नेसपाको केन्द्रिय समिति बैठक आजबाट


882
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठक आजबाट सुरु हुँदैछ । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाको बैठक आज बिहान ११ बजे भक्तपुरको एक पार्टी प्यालेसमा बस्न लागेको हो ।

आज र भोलि (जेठ २५ र २६ गते) २ दिन चल्ने बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम बारे निर्णय गर्नेछ ।

सो बैठकमा अध्यक्ष भट्टराईले ‘अबको राष्ट्रको संकल्पः नयाँ समाजवादी विकल्प’ शीर्षक राजनीतिक प्रतिवेदनमा पेश गर्नेछन । साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेश हुनेछ । त्यसमा केन्द्रीय सदस्यहरुले धारणा राख्ने छन् ।

प्रतिक्रिया दिनुहोस्