Logo
Logo

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिदर १३१ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ३८ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिद दर १४१ रुपैयाँ १८ पैसा छ भने बिक्री दर १४१ रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ । युके पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ११ पैसा छ भने बिक्री दर १६४ रुपैयाँ ८५ पैसा तोकिएको छ ।

यता अस्ट्रेलियन डलर १ को खरिद दर ८८ रुपैयाँ २९ पैसा छ भने बिक्री दर ८८ रुपैयाँ ६९ पैसा छ । क्यानेडियन डलर १ को खरिददर ९८ रुपैयाँ ४६ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ९१ पैसा रहेको छ ।

त्यसैगरी सिंगापुर डलर १ को खरिद दर ९७ रुपैयाँ ८५ पैसा छ भने बिक्री दर ९८ रुपैयाँ ३० पैसा रहेको छ । जापानी येन १० को खरिद दर ९ रुपैयाँ ४६ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ५० पैसा छ । यस्तै, चिनियाँ युआन १ को खरिद दर १८ रुपैयाँ ५२ पैसा छ भने बिक्री दर १८ रुपैयाँ ६१ पैसा छ ।

साउदी रियाल १ को खरिददर ३५ रुपैयाँ १४ पैसा छ भने बिक्री दर ३५ रुपैयाँ ३० पैसा छ। कतारी रियाल १ को खरिद दर ३६ रुपैयाँ १५ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ३२ पैसा छ । यूएई दिराम १ को खरिददर ३५ रुपैयाँ ८८ पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०४ पैसा छ ।

मलेसियन रिङ्गिट १ को खरिददर २८ रुपैयाँ ६६ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७९ पैसा छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा छ भने बिक्री दर १० रुपैयाँ १७ पैसा छ ।

भारतीय रुपैयाँको एउटै दर कायम हुँदै आए पनि अन्य विदेशी मुद्राको विनिमय दर भने हरेक दिन निर्धारण हुन्छ ।
भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा निर्धारण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्