
काठमाडौं । काठमाडौं महानगरपालिकाले माध्यमिक शिक्षा परीक्षा (कक्षा १०) को नतिजा नआउँदासम्म भर्नासम्बन्धी कुनै पनि प्रक्रिया अघि नबढाउन आग्रह गरेको छ ।
महानगरले एक सूचना जारी गरेर कक्षा १० को नतिजा नआउँदासम्म कक्षा ११ मा भर्नासम्बन्धी कुनै पनि क्रियाकलाप नगर्न–नगराउन अनुरोध गरेको हो ।











