
काठमाडौं । विश्वकप छनोटका लागि हुने अभ्यास खेलमा आज नेपालले स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । अभ्यास खेल दक्षिण अफ्रिकामा मध्यान्ह १२ः४५ बजेबाट सुरु हुनेछ ।
यसअघि नेपालले घरेलु मैदानमा भएको विश्वकप लिग २ को खेलमा स्कटल्यान्डलाई पराजित गरेको थियो । जिम्बावेमा आगामी १८ जुनदेखि १९ जुलाईसम्म हुने छनोट प्रतियोगिताका लागि क्यानले प्रारम्भिक टिमको घोषणा गरेको हो ।
नेपालले गत चैतमा सम्पन्न लिग २ शृङ्खलाको शीर्ष तीनमा रहँदै सोझै विश्वकप छनोटमा स्थान बनाएको थियो । जिम्बाबेमा हुने छनोट प्रतियोगिता नेपालसहित ८ टिमको सहभागिता रहनेछ ।
समूह ‘ए’ मा नेपाल, वेस्ट इन्डिज, अमेरिका, नेदरल्यान्ड्स र जिम्बाबे छन् । समूह ‘बी’मा आयरल्यान्ड, ओमान, स्कटल्यान्ड, श्रीलङ्का र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् ।
प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन् । प्रतियोगिताबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन् ।











