Logo
Logo

कांग्रेसप्रति युवाको निराशा बढ्यो, सुधारको अभियान चलाउँछौं : गगन


567
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको पुनर्जीवनका लागि आफूहरू तल्लो तहसम्म जाने बताएका छन् ।

बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै नेता थापाले पछिल्लो समय कांग्रेसप्रति युवापुस्ताको निराशा बढ्दै गएको पाइएकाले अब सुधारको अभियान सञ्चालन गरिने बताएका हुन् ।

‘पार्टी विधानानुसार धेरै अधिकार सभापतिमै निहित छ । अब उहाँले नै केन्द्रीय समितिको बैठक बोलाएर गठन गर्न बाँकी रहेका विभाग आदिलाई पूर्णता दिनुपर्छ,’ उनले भने ।

आफूहरूप्रति अपेक्षा बढ्नु स्वभाविक भएको भन्दै उनले कांग्रेसको विधानले महासचिवले गर्ने कार्य निश्चित तोकेको र सोभन्दा पर गई केही गर्न नसकिने सुनाए ।

प्रतिक्रिया दिनुहोस्