
काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले बचतकर्तालाई सेयर बजारमा लगानी गर्न सुझाव दिएका छन् ।
बिहीबार धितोपत्र बोर्डको ३१औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले बैंकमा भन्दा सेयर बजारमा लगानी गर्दा फाइदा हुने भन्दै उनले यस्तो सुझाव दिएका हुन् ।
‘सेयर बजार आम लगानीकर्ताको लागि हुनु पर्यो । बैंकमा राख्नुभन्दा सेयर बजारमा लगानी गर्दा फाइदा हुन्छ । सेयर बजार प्रतिको विश्वास कम गराउने काम हामीबाट हुँदैन,’ उनले भने ।
यस्तै, उनले पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको आकर्षण समेत बढेको बताए । रियल सेक्टरका उद्योगहरुलाई सेयर बजारमा ल्याउन जरुरी रहेको उनको भनाई थियो ।











