Logo
Logo

विनोद चौधरीको अभिव्यक्ति रेकर्डबाट हटाउन सभामुखको रुलिङ


3.2k
Shares

काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका सांसद विनोद चौधरीले संसदमा बोलेका शब्दावली रेकर्डबाट हटाउन सभामुख देवराज घिमिरेले रुलिङ गरेका छन् ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद चौधरीले ‘जब पर्यो राति, अनि बुढी ताती’ भन्ने उखान बोलेका थिए ।

त्यसपश्चात् एमाले महिला सांसदहरूले नेपाली उखान लिएर नेपाली महिलामाथि आक्रमण भएको भन्दै ‘जब पर्यो राति अनि बुढी ताती’ भन्ने शब्दावली रेकर्डबाट हटाउन माग गरे ।

उक्त वाक्य लैङ्गिकमैत्री नभएको भन्दै सभामुख घिमिरेले रेकर्डबाट हटाउन सचिवालयलाई निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्