Logo
Logo

संसदमा रविले मागे माफी


1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रवि लामिछानेले संसदमा आफ्ना सांसदले अमर्यादित शब्द उच्चारण गरेकोमा माफी मागेका छन् ।

केहि दिनअघि प्रतिनिधिसभा बैठकमा बोल्दै रास्वपा सांसद शिशिर ढकालले ‘प्रधानमन्त्री भारतबाट भैँसी चढेर आएको’ भनेपछि संसदमा हंगामा भएको थियो । सोही विषयमा बोल्दै बिहीबारको संसद बैठकमा लामिछानेले आत्माआलोचना गदैं क्षमायाचना गरेका हुन् ।

लामिछानेले पछिल्ला दिनहरूमा संसदको गरिमा र मर्यादा कायम राख्ने विषयमा सांसदहरू चुकेको भान भएको पनि बताए । उनले आफ्ना दलका सांसदहरूबाट भएका कमिकमजोरीप्रति आत्मा आलोचना गर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्