Logo
Logo

सेल्लुसिटीले नेपाली बजारमा भित्र्यायो ‘प्रोमेट’ ब्राण्ड



काठमाडौं । नेपाली बजारमा भिभो मोबाइल लगायत एंकर र नोइज जस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा.लिले आफ्ना ग्राहकसमक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइवानको परिचित ‘प्रोमेट’ बाण्डका सामाग्री भित्राएको छ ।

सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा.लिले मोबाइल तथा अन्य प्रविधिका उपकरणहरूको बढ्दो मागलाई पूरा गर्दै आइरहेको छ । पुर्वदेखि पश्चिमभर प्रभावकारी वितरण संजाल भएको सेल्लुसिटीले अनलाइन माध्ययमबाट प्रोमेटका उपकरणहरु वितरण गर्ने सोच बनाउँदै दराज अनलाइन स्टोरसँग सहकार्य गरेको हो ।
प्राविधिक रुपले जानकार र उच्च गुणस्तरका उपकरण खोज्ने उपभोक्ताको आवश्यकतालाई पूरा गर्ने उद्देश्यले नेपालमा भित्राउन लागिएको बाण्ड ‘प्रोमेट’ एक ताइवान बाण्ड हो ।

सन् २००१ मा स्थापना भएर बजारमा आफ्ना उपकरणहरु उपलब्ध गराउँदै प्रोमेटले हालसम्म लाखौँ ग्राहकरुको माया र प्रविधि क्षेत्रका थुप्रै पुरस्कारहरु समेत प्राप्त गर्न सफल भएको छ । स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन र युएसबी हब लगायत स्मार्ट वाचहरु उत्पादन गर्दै आएको यस कम्पनीका सामानहरु गुणस्तरीय र टिकाउ हुने गरेका छन् ।

उत्पादनमा नवीनता, गुणस्तर, र ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै उच्च गुणस्तर प्रविधिद्वारा प्रयोगकर्ताको जीवनलाई सहज बनाउने लक्ष्य बोकेको प्रोमेटलाई नेपाल भित्राउँदै सेल्लुसिटीले प्रोमेटका सामाग्रीका खरिदमा प्रयोगकर्तालाई आकर्षक अफर दिने भएको छ । नेपालमा प्रोमेटको आगमनको उत्सव मनाउन जेष्ठ २४ मा काठमाडौंस्थित सोल्टी होटलमा सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा.लिले उद्घाटन गर्दै आफ्ना अफर सार्वजनिक गरेको हो ।

स्मार्टफोन केस, ब्लुतुथ स्पिकर, एप्पल मोबाइलका उपकरण, डाटा केबल, कार चार्जर, इयर पड्स, हेडफोन युएसबी हब लगायतका सम्पूर्ण उपकरणमा २४ महिना र स्मार्ट वाचमा १२ महिनाको वारेन्टी दिँदै जेष्ठ ३२ सम्मको उद्घाटन अवधि भर दराज फ्लास सेलमार्फत आफना सामग्री खरिद गर्ने दुई जनालाई सेल्लुसिटीले एक–एक वटा सुनको सिक्का दिनेछ ।

त्यस्तै, पहिलो १५० ग्राहकलाई ३० प्रतिशत छुट र लक्की ड्रमार्फत ५ जनालाई प्रोमेटका सामाग्री केवल ९९ रुपैयाँमा प्रदान गर्ने योजना सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रा. लिले जनाएको छ । एक हप्ता लामो यो अफर दराज अनलाइन स्टोरमा फ्लास सेल नामले जेठ ३२ गतेसम्म लागू रहने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्