
काठमाडौं । निर्वाचन आयोगले आज राजनीतिक दलहरुसँग छलफल गर्दैछ । जिल्ला निर्वाचन खारेजीलगायत विषयमा छलफल गर्न आज बिहान ११ बजे आयोगमा सभाहलमा सर्वदलीय बैठक बोलाएको छ ।
जेठ १५ गते प्रस्तुत भएको बजेट वक्तव्यमा अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरू खारेज गरी जिल्ला प्रशासन कार्यालयको इकाइको रूपमा राख्ने र निर्वाचन कार्यालयहरु प्रदेशमा मात्र रहने प्रस्ताव गरेका थिए । सोही लगायतका विषयमा छलफल गर्न संसद्मा प्रतिनिधित्व गर्ने १४ दललाई आयोगले बोलाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्यको अनुसूचीमार्फत जिल्ला निर्वाचन कार्यालयको विषयमा गरिएको व्यवस्था, निर्वाचन व्यवस्थापनसम्बन्धी विधेयक नेपाल सरकारमार्फत संसद्मा पेस, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन र राजनीतिक दलको लेखा तथा लेखापरीक्षण बैठकका एजेण्डा रहेको आयोगले जनाएको छ ।











