Logo
Logo

नेपालले भोलि नेदरल्याण्ड्ससँग खेल्ने


1.9k
Shares

ललितपुर । आईसीसी एकदिवसीय विश्वकप छनोटका लागी भइरहेको अभ्यास खेलमा नेपाली टोलीले भोली (शनिबार) नेदरल्याण्डससँग खेल्ने भएको छ।

दक्षिण अफ्रिका जारी एकदिवसीय दोस्रो अभ्यास खेलमा भोली नेदरल्याण्ड्ससँग खेल्न लागेको हो । यसअघि बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको थियो ।

जिम्बाबेमा हुने छनोट प्रतियोगितामा नेपालसहित आठ देशको सहभागिता रहने छ । समूह ए’ मा नेपालसहित वेस्ट इन्डिज, अमेरिका, नेदरल्याण्डस् र जिम्बाबे छन् । समूह बी’मा आयरल्याण्ड, ओमान, स्कटल्याण्ड, श्रीलंका र युनाइटेड अरब इमिरेट्स (यूएई) छन् । प्रत्येक समूहबाट शीर्ष तीन टिमले सुपर सिक्समा स्थान बनाउनेछन्।

प्रतियोगिबाट दुई टिमले विश्वकप स्थान बनाउनेछन्।

प्रतिक्रिया दिनुहोस्