Logo
Logo

जनस्वास्थ्य अधिकृत घुससहित शंखमूलबाट पक्राउ


6k
Shares

काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अधिकृत घुससहित पक्राउ परेका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत ल्याब टेक्निसियन (अधिकृत छैटौं तह) लेखनाथ भट्टराई ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका हुन् ।

उनलाई शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शंखमूलबाट पक्राउ गरेको हो । भट्टराईले शंखमूलमा ल्याब दर्ता प्रक्रिया अगाडि बढाउन सहजीकरण गरिदिने भन्दै सेवाग्राहीबाट ५० हजार रुपैयाँ घुस लिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्