Logo
Logo

सर्पले डसेर सिन्धुलीमा महिलाको मृत्यु


4.7k
Shares

सिन्धुली । सिन्धुलीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालकिा १२ कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्की रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार कार्कीलाई आज (शुक्रबार) बिहान आफ्नै घरकै पेटीमा सर्पले डसेको थियो ।

दुधौली नगरपालिका ७ को सर्पदंस अस्पतालमा सामान्य उपचार गरि थप उपचारका लागि सिरहाको कर्जना फूलकुमारी महतो मेमोरियल अस्पतालमा लागिएकोमा उनको उपचारकै क्रममा निधन भएको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस्