Logo
Logo

नागरिकता विधेयक प्रमाणीकरणकाे प्रतिलिपी झिकाउन सर्वोच्चको आदेश


1.3k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकको प्रतिलिपि झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ । शुक्रबार सर्वोच्चका न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरण भएको विधेयकको प्रतिलिपि झिकाउन आदेश दिएको हो ।

वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेको नागरिक विधेयकविरूद्ध सर्वोच्चमा रिट निवेदन दिएका थिए । मन्त्रिपरिषदको बैठकले राष्ट्रपतिसमक्ष नागरिकता विधेयक प्रमाणीकरण गराउन अनुरोध गर्ने १२ जेठमा निर्णय गरेको थियो ।

सोही निर्णयअनुसार राष्ट्रपति पौडेलबाट जेठ १७ गते भएको प्रमाणीकरणको प्रतिलिपि राष्ट्रपति कार्यालय शीतल निवासबाट झिकाउन आदेश दिएको हो । जेठ ३० गते अन्तरिम आदेश छलफलको पेशी तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्