Logo
Logo

महालक्ष्मी र प्रभु लाईफ इन्स्योरेन्स असार मसान्तभित्र मर्ज हुने



काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको पाँचौ बार्षिक साधारणसभा होटल अकामा, धुम्बाराहीमा सम्पन्न भएको छ । अध्यक्ष मनोरञ्जन रमण शर्माको अध्यक्षतामा सञ्चालन भएको सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले स्वागत मन्तब्य व्यक्त गर्दै जीवन वीमा क्षेत्रको वर्तमान अवस्था, विद्यमान समस्या र आगामी हुने मर्जर बारेमा जानकारी गराएका थिए ।

अध्यक्ष मनोरञ्जन रमण शर्माले वार्षिक प्रतिवेदन पेश गर्दै कम्पनीको वर्तमान वित्तिय स्थिति र भावी कार्यक्रम सम्बन्धमा प्रकाश पारेका थिए । शुक्रबार सम्पन्न सभाले अध्यक्षद्धारा प्रस्तुत बार्षिक प्रतिवेदनसहित आ.व. २०७७÷७८ को वासलात, नाफा नोक्सान हिसाब र अन्य वित्तिय विवरण पारित गरेको छ ।

साधारणसभाले प्रभु लाईफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड एक आपसमा गाभ्ने÷गाभिने, गाभेपछि कम्पनीको नाम ‘प्रभु महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेड’ कायम हुने निर्णय गरेको छ ।

त्यस्तै, दुवै कम्पनीको शेयर अनुपात १ः१ कायम गरी गाभ्ने÷गाभिने, दुबै कम्पनी एक आपसमा गाभ्दा/गाभिदा भएको अन्तिम सम्झौता पत्र लगायत अन्य सहमति अनुमोदन गर्ने, सम्पत्ति दायीत्वको मुल्याङ्कन गर्न नियुक्त लेखापरीक्षक र निजको पारिश्रमिक अनुमोदन गर्ने लगायतका प्रस्ताव सर्वसम्मतिले पारित भएको छ ।

कम्पनी सचिव कमल पन्थीले संचालन गरेको कार्यक्रममा वीमा प्राधिकरणको निर्देशन अनुसार आसार मसान्तभित्र दुवै कम्पनी मर्ज भई एकिकृत कारोबार सुरु गर्ने सहमति भएको जानकारी गराइएको थियो । कार्यक्रमको अन्त्यमा संचालक उमेशलाल श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्