Logo
Logo

राष्ट्रिय सहमतिका आधारमा नागरिकतासम्बन्धी ऐन बनाउनुपर्छ : कमल थापा


756
Shares

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाउनुपर्ने बताएका छन् । शुक्रबार राष्ट्रघात, भ्रष्टाचार, धर्म परिवर्तन र कुशासनको विरोधमा राप्रपा नेपालको संयुक्त जनवर्गीय संगठनहरुले आयोजना गरेको विरोध प्रदर्शनमा अध्यक्ष थापाले नागरिकता सम्बन्धी समस्या सदाका लागि अन्त्य गर्दै राष्ट्रिय सहमतिका आधारमा नागरिकता सम्बन्धी ऐन बनाउनुपर्ने बताएका हुन् ।

उनले कुनै पनि नागरिकले नागरिकता पाउनबाट बञ्चित नहुने र कुनै पनि विदेशीलाई नागरिकता नदिने गरि यसलाई टुङ्गोमा पुराउनुपर्नेमा जोड दिए । त्यस्तै, अध्यक्ष थापाले प्रधानमन्त्रीको भारत भ्रमणमा क्रममा नेपालको राष्ट्रिय, स्वतन्त्रता र स्वाभिमानको विरुद्धमा दिएको अभिव्यक्तिप्रति आपत्ती जनाए । नेपालको भूमि बंगलादेशको मोडेलमा जस्तै सट्टापट्टा गर्न सकिने प्रधानमन्त्रीको अभिव्यक्ति आपत्तीजनक रहेको उनले बताए ।

उनले आफ्नो भूमिको रक्षाका निमित्त जस्तो सुकै त्याग र बलिदान दिन तयार रहेको जिकिर गए । उनले आपत्तीजनक अभिव्यक्ति फिर्ता दिन प्रधानमन्त्रीलाई आग्रह गरे । राप्रपा नेपालको प्रदर्शनमा र राष्ट्रघाती नागरिकता विधेयक खारेज गर’, ‘भ्रष्टाचार अन्त्य गर’, ‘नेपाली भूमि सट्टापट्टा नीति मुर्दावाद’, ‘हिन्दुराष्ट्र कायम गर’, ‘संघीयता खारेज गर’लगायत प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्