Logo
Logo

‘शरणार्थी काण्डका अभियुक्तहरू सजिलै उम्किँदैनन्’


2.6k
Shares

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली शरणार्थी काण्डका अभियुक्तहरू अदालतबाट उम्किन नसक्ने बताएका छन् । बलियो प्रमाण–अभियोजनसहित मुद्दा परेकाले उनीहरुलाई अदालतबाट सजिलै उम्कन नसक्ने बताएका हुन् ।

राजनीतिक उपलब्धिलाई जोगाएर भ्रष्टाचारको नियन्त्रण तथा आर्थिक, सामाजिक रुपान्तरणका लागि नागरिक आन्दोलनले सडकमै उपस्थित भएर खबरदारी गर्नुपर्ने उनको भनाइ छ । ‘नक्कली शरणार्थी प्रकरणलाई यत्तिकै सामसुम पार्न खोजिएको त होइन ?’ भन्ने लिखित प्रश्न र आशंकासहित शुक्रबार गृहमन्त्रीलाई भेट्न गृहमन्त्रालय पुगेकाहरुलाई यस्तो बताएका हुन् ।

श्ुक्रबार सञ्जीव उप्रेती, केशव सिग्देल, युवराज घिमिरे, शिशिर उप्रेती, रक्षा बम, प्रेम चलाउने, पवन थापासहितका नागरिक आन्दोलनका अगुवाले गृहमन्त्री श्रेष्ठलाई भेटेका थिए । सोक्रममा उनले आफूलाई कतिपयले ‘सधै गृहमन्त्री होलास् र ? थुनिएकाहरू निस्किँदा तेरो के होला ?’ भन्ने गरेको समेत बताए ।

सुशासन र जनसेवाका लागि लडिरहने प्रतिबद्धता जनाउँदै गृहमन्त्री श्रेष्ठले भने, ‘ठोस तथ्य प्रमाणबिना अभियोगीले बयानमा पोलेकाहरूसम्म पुग्दा मुद्दा कमजोर बन्ने सम्भावनाप्रति सरकार सजग छ । तर, दोषी भएकाहरु उम्किने छैन ।’

प्रतिक्रिया दिनुहोस्