Logo
Logo

रास्वपामाथि अन्य दलले घेराबन्दी गरिरहेका छन् : रवि लामिछाने


1.4k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी चुनावमा बहुमत आउने अवस्था देखिएपछि पार्टीविरूद्ध बाधा पुर्‍याउने प्रयास भइरहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बाटो अब सहज हुन्छ भन्ने जनताले देखाइदिए पनि अन्य दलले रास्वपामाथि घेराबन्दी गरिरहेको बताएका हुन् । जतिसुकै घराबन्दी गरेपनि पार्टी नडराउने उनको भनाइ थियो ।

‘तपाईहरूलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ। हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरूले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्,’ उनले भने, ‘सातो जाने खालको छ तर हामी डराउँदैनौं। २०८४ मा रास्वपाको अवस्था कस्तो हुन्छ भन्नेकुरा आम जनताले घरघरमा महशुस गरिसकेका छन्।’

उनले थपे, ‘तर त्यो अनुमानलाई बाधा पुर्‍याउन अहिलेदेखि नै प्रयासहरू चलेको छ। त्यसमा हामी चनाखो हुँदै जानुपर्छ।’ उनले संघीय संसद्‌मा रास्वपाका २१ सांसद भएको र पहरेदारीका लागि यति प्रर्याप्त भएको बताए ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागकिरता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरूले पनि अकर्मण्यता देखाएको उनको भनाइ छ। उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको बताए।

उनले वैवाहीक अंगीकृतका हकमा पनि यस नागकिरता विधेयकले बोलोस् भन्ने चाहेपनि संसदमा नलगिकन प्रमाणीकरण पठाउनुले सरकारको बाटो स्पष्ट भएको बताए । आफ्नो पार्टीले नेपाली नागरिकले नागकिरता पाउनु हुँदैन भनेर कहिल्यै नभनेको बरू सही ढंगबाट यसको व्यवस्थापन हुनुपर्नेमा जोड दिएको बताए।

प्रतिक्रिया दिनुहोस्