
काठमाडौं। पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पशुपति मन्दिर दर्शन माथी प्रश्न उठाएका छन् ।
नेपाल समाजवादी पार्टीका अध्यक्षसमेत रहेका भटराईले प्रधानमन्त्री प्रचण्डको पशुपति दर्शनलाई राजनीतिक उदेश्यले प्रेरित रहेको टिप्पणी गरेका हुन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा प्रधानमनत्री प्रचण्डको पशुपति दर्शनको फोटो सेयर गर्दै पूरै मन्त्रीमण्डल एकैसाथ धार्मिक स्थल जानु धार्मिक आस्थाले नभई राजानीतिक
उध्यश्यले गएको पुष्टि हुने बताए ।
उनले लेखेका छन्, ‘कोही एक्लै वा सपरिवार कुनै धार्मिक स्थल जॉदा प्रश्न उठाउन मिल्दैन, त्यो उसको निजी आस्थाको कुरा हो,’ ‘तर जब पूरै मन्त्रीमण्डल एकैसाथ र एउटा शृंखलामा धार्मिक स्थल जान्छ, त्यो राजनीति हुन्छ र प्रश्न उठ्छ ।’
पछिल्लो समय प्रधानमनत्री प्रचण्डले भारत भ्रमणको क्रममा उज्जयिनी भारतको मध्य भागमा अवस्थित महाकालेश्वर मन्दिरको दर्शन गरेका थिए । उत्त। समयमा पनि डा भट्टराईले देश कता जाँदैछ भन्दै प्रश्न गरेका थिए ।














