Logo
Logo
नक्कली भुटानी शरणार्थी प्रकरण

आज सन्दीप रायमाझीका तर्फबाट बहस


2.1k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस जारी रहनेछ ।

शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको छ । आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायीले बहस गर्नेछन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ । शुक्रबारसम्म अभियुक्तमध्येका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ, इन्द्रजित राई र टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले बहस गरिसकेका छन् । कानुन व्यवसायीहरूले आफ्ना पक्षलाई साधारण तारेख वा सामान्य धरौट माग गरिरहेका छन् ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरनार्थी बनाई तेस्रो मुलुक अमेरिका पठाउने भन्दै करोडौ रुपैया ठगी गरेको आरोपमा नेपाल सरकारका सचिव, पुर्वगृहमन्त्री मन्त्री लगायत ३० जनाविरुद्ध मुद्दा दायर गरेको छ । जसमध्ये हाल १८ जना प्रहरीको नियन्त्रणमा छन् भने बाँकी अझै फरार छन् ।

प्रतिक्रिया दिनुहोस्