
काठमाडौं । नेपाली कांग्रेस रामेछापमा विवाद सुरु भएको छ । पूर्वसभापति रामचन्द्र खड्कालगायत ४६ जनाले असहमति जनाउँदै यहि जेठ ३१ गते हुने जिल्ला सम्मेलन बहिस्कार गर्ने घोषणा गरेका छन् ।
उनीहरुले उक्त सम्मेलनलाई अवैधानिक भन्दै पार्टी सभापति शेरबहाुदर देउवालाई पत्र पठाएका छन् ।
उनीहरुले भनेका छन्, ‘जिल्ला सम्मेलनजस्तो महत्वपूर्ण कार्यक्रम सामाजिक सञ्जालबाट थाहा पाइनु नेता तथा कार्यकर्ताका लागि मात्र नभई पार्टीकै लागि दुःखद हो । यस विषयमा सभापतिले पार्टीलाई सहित तरिकाले सञ्चालन गर्न कडा निर्देशन दिन अनुरोध गरेका छौं ।’















