Logo
Logo

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्छ : शाही


1.5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजीनामा माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा सांसद शाहीले युद्ध अपराध जस्तो मुद्धा सर्वोच्चले दर्ता गरिसकेपछि प्रधानमन्त्रीले पदमा नैतिक्ताको आधारमा बसिरहन नहुने बताए ।

‘प्रधानमन्त्री ज्यू यो संसदको सदस्य पनि हो । तर आज प्रधानमन्त्री ज्यूको विरुद्धमा सर्वोच्च अदालमा युद्ध अपराध जस्तो जघन्य अपराधको मुद्धा दर्ता भएको छ’, उनले भने, ‘सर्वोच्च अदालतले ३० गते प्रधानमन्त्री ज्युलाई अदालतमा हाजीर हुन पत्र पनि काटिसकेको छ ।’

प्रधानमन्त्री ज्यू युद्ध अपराधको कुरामा अदालतमा जाने कुरा यो देशकै अपराध नगरेको व्यक्तिले गरेको बताए । ‘सभामुखमार्फत प्रश्न सोध्न चाहन्छु- प्रधानमन्त्री ज्यू ३० गते आदालतमा जाँदै गर्दा यो देशको प्रधानमन्त्री भएर जानु हुन्छ कि पुष्पकमल दाहाल भएर जानु हुन्छ ?’, सांसद शाहीले प्रश्न गरे, ‘यदि युद्ध अपराधको कुरामा अदालत जाने कुरामा यो देशकै अपराध गरेको होईन, व्यक्तिले गरेको । त्यसकारण सम्माननीय प्रधानमन्त्री ज्यूले तत्काल राजीनामा दिएर बाटो प्रशस्त गर्नुपर्छ नैतिक्ताको आधारमा पनि पदमा बसिरहनु मिल्दैन । किन भने एउटा मुद्धा होई सभामुख ज्यू ।’

प्रतिक्रिया दिनुहोस्