Logo
Logo

नाडामा सिप तथा क्षमता विकास इकाइ गठन


441
Shares

काठमाडौं । नाडाले अटोमोवाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको शीप तथा क्षमता विकासका लागि दीर्घकालीन प्रशिक्षण कार्यक्रमहरु गर्न सिप तथा क्षमता विकास इकाइ गठन गरेको छ । नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यीय इकाइ गठन गरेको हो ।

विद्युतीय सवारी साधनहरुको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले यही २०८० जेष्ठ २४ र २५ गते नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी सम्पन्न गरेको छ ।

शुरुआती चरणको उक्त कार्यशाला गोष्ठिमा विद्युतिय सवारी साधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट जम्मा ७ जना प्राविधिज्ञहरु सहभागी भएका थिए भने नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट महासंघका पाठयक्रम विकास विशेषज्ञ खेमराज काफलेले सो गोष्ठिमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका थिए ।

विद्युतिय सवारी साधनहरुको प्रयोग र महत्व दिन प्रतिदिन बढदै गएको परिप्रेक्षमा नाडाले पहिलो पटक त्यस किसिमको कार्यशाला गोष्ठी सम्पन्न गरेको हो ।

त्यसैगरी नाडाले महासंघसंगको सहयोगमा त्यस किसिमका प्राविधिक तालिम कार्यक्रमहरु सम्पन्न गर्दे जाने लक्ष्य समेत लिएको छ । यसैक्रममा अटोमोवाइल वर्कशपमा कार्यरत मेकानिक्सहरुको शीप र क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालनका लागि स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको इनसियोरसंग पनि छिट्टै संझौता पत्रमा हस्ताक्षर गर्ने नाडाले तयारी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्