
काठमाडौ । आज (सोमबार) सेयर कारोबारको सुरुवाती चरण (प्रि-ओपन सेसन) मा नेप्से सूचक ४.२७ अंकले बढेको छ । यससँगै सूचक १९८४.३६ विन्दुमा आएको छ ।
आज कारोबारको सुरुवाती मियमा २ लाख २९ हजार रुपैयाँको सेयर कारोबार भएको छ । २३ कम्पनीको ५५० कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ३० वटा कारोबार भएको हो । २० कम्पनीको भाउ बढ्दा ३ कम्पनीको मूल्य घटेको छ ।











