Logo
Logo

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम संसदीय सुनुवाइ ३२ गते


1.1k
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अन्तिम सुनुवाइ ३२ गते गर्ने भएको छ ।

सोमबार बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्याधिस कार्कीविरुद्दको रिट सुनुवाईको कार्यतालिका प्रस्तुत गरेको हो ।सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा बसेको सुनुवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेका उजुरीका विषयमा छलफल भएको छ ।

गत २५ वैशाखमा संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि समितिले १६ जेठमा कार्कीविरुद्ध १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो ।

उक्त समयावधिमा कार्कीविरुद्ध २९ उजुरी परेका छन् । ती उजुरी सोमबारको बैठकमा खोलिएको छ । योसँगै अब समितिले मंगलबार र बुधबार उजुरीकर्तासँग र बिहीबार कार्कीलाई बोलाएर छलफल गर्ने भएको छ । उक्त कार्यतालिका सोमबारको बैठकमा प्रस्तुत गरिएको छ ।

प्रधानन्यायाधीशमा प्रस्तावित कार्की ६५ वर्षे उमेरहदका कारण आउँदो २० साउनदेखि अनिवार्य अवकाश पाउँदै छन् ।

प्रतिक्रिया दिनुहोस्