Logo
Logo

रिले अनसनमा कर्मचारी, माग पूरा नभए विद्यालय बन्द गर्ने चेतावनी


756
Shares

काठमाडौं । विभिन्न माग राख्दै काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका सामुदायिक विद्यालय कर्मचारीहरुले रिले अनसन सुरु गरेका छन् । विद्यालयका कर्मचारीको न्यूनतम पारिश्रमिकको माग गर्दै आन्दोलनरत नेपाल विद्यालय कर्मचारी परिषद् संघर्ष समितिले सोमबारबाट काठमाडौंको भद्रकालीमा रिले अनसन सुरु गरेका छन् ।

विद्यालयका कर्मचारीहरुले शिक्षा क्षेत्रको समस्या समाधानका लागि संघीय शिक्षा ऐन जारी गर्नुपर्ने, न्यूनतम पारिश्रमिकका साथै शिक्षकहरुको सेवा सुविधा बढाउनुपर्ने माग राखेका छन् ।

नेपाल विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले लामो समय काम गरेपनि सरकारले शिक्षक लगाएत विद्यालयका कर्मचारीको भविष्यका लागि कुनै चासो नदिएकाले बाध्य भएर आन्दोलन गर्नुपरेको बताए । उनीहरुले आफुहरुको मागका बारेमा सरकारले उचित सम्बोधन नगरे आन्दोलन नरोकिने धारणा राखे ।

उनीहरुले असार १ गतेसम्म रिले अनसनमा बस्ने र माग पूरा नभए असार २ गतेदेखि सम्पूर्ण सामूदायिक विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्