Logo
Logo

आन्तरिक उत्पादनलाई संरक्षण गर्न आयातीत उपभोग्य वस्तुमा भ्याट : अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनलाई बढवा दिन आयात गरिने उपभोग्य वस्तुमा भ्याट लगाउनु परेको बताएका छन् ।

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत विदेशबाट आयात गरिने उपभोग्य वस्तुमा भ्याट लगाउने घोषणा गरेपछि त्यसको चौतर्फी विरोध हुँदै गर्दा प्रतिनिधि सभाको सोमबारको बैठकमा बजेटमाथि उठेको प्रश्नको जवाफ दिँदै यस्तो बताए ।

‘उपभोग्य वस्तुमा भ्याट लाग्यो भन्ने कुरा उठेको छ, तर यो आन्तरिक उत्पादनकर्ताहरुलाई संरक्षण गर्न ल्याइएको हो । हामी एकातिर भनिरहेका छौं कि आलु, प्याजहरु पनि विदेशीहरुबाट किनेर खाने ? उत्पादनलाई प्रोत्साहन नगर्ने भनिरेहका छौं । त्यसैले कर एउटा यन्त्र हो यसले हाम्रो उद्योग व्यवसायहरुलाई संरक्षण गर्छ’, उनले भने ।

यस्तै? महतले आउँदो आर्थिक वर्षमा पुँजीगत खर्च प्रभावकारी बनाउन सरकारले कार्यतालिका बनाएको बताए । महतले अप्ठारोबीच काम गर्नुपर्ने अवस्था रहेको बताउँदै एकातिर बजेटको आकार ठूलो भएको भनिएको उनले उल्लेख गरे । अर्कोतिर ‘खै बजेट ?’ भनिएकामा उनले असन्तुष्टि जनाए ।

उनले भने, ‘बजेटको आकार ठूलो भयो भन्ने अर्कोतर्फ खै बजेट भन्ने कुरा पनि आएको छ । अर्थमन्त्रीले त्यही अप्ठारोमा काम गर्नुपर्छ,’ उनले भने । बजेट निर्माण गर्दा सीमित स्रोत-साधनबीच काम गर्नुपरेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्