Logo
Logo

ओलीलाई अर्थमन्त्रीले भने- २ घण्टा टिप्पणी गरेपछि बजेटमा महत्त्वपूर्ण कुरा भएको महसुस गरे


567
Shares

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिपक्ष दल नेकपा एमलोका अध्यक्ष केपी शर्मा ओलीले बजेटमाथि २ घण्टा टिप्पणी गरेपछि आफूलाई खुसी लागेको बताएका छन् ।

प्रतिनिधिसभामा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री महतले बजेटमा सांसदहरूले गरेको बहसले हौसला प्रदान भएको बताए ।

उनले अर्जुन दृष्टिका साथ काम गर्ने प्रेरणा मिलेको बताउँदै उनले भने, ‘विपक्षी दलका नेता केपी शर्मा ओलीले मैले प्रस्तुत गरेको तीन घण्टाको प्रस्तुतिमा उहाँले दुई घण्टा आफ्नो कुराहरू राख्नुभयो । यसबाट मैले के महसुस गरेको छु भने यो बजेटमा केही महत्त्वपूर्ण कुरा छन् । यसले केही नयाँ कुराहरूलाई अगाडि बढाउन कोसिस गरेको छ । होइन भने स्वयम् विपक्षी दलको नेता उभिएर दुई दुई घण्टा समय दिनुहुन्नथ्यो । त्यस अर्थमा मलाई खुसी लागेको छ ।’

प्रतिक्रिया दिनुहोस्