Logo
Logo

प्यूठानमा कार दुर्घटना हुँदा ८ जनाको मृत्यु


1.6k
Shares

काठमाडौं । प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ भेतुकेमा कार दुर्घटना हुँदा ४ जना बालबालिका सहित ८ जनाको मृत्यु भएको छ ।

स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्किने क्रममा स्वर्गद्वारी नगरपालिका-४ भेतुकेमा लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रवक्ता सुशील थापाले कार अनियन्त्रिण भई सडकबाट ५० मिटर तल खस्दा कारमा सवार ४ बालबालिकासहित २ पुरुष र २ महिला गरी ८ जनाको मृत्युु भएको बताए ।

घटनास्थलबाट घाइतेहरुको उद्धार गरी जिल्ला अस्पताल प्यूठान पुर्याए लगतै ८ जनालाई चिकित्सकले मृत घोषणा गरेको थापाको भनाई छ ।

मृतकको शव जिल्ला अस्पतालमा राखिएको छ । मृत्यु हुनेहरुको पहिचान खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्