Logo
Logo

आज नेपाल र यूएई भिड्दै


3.2k
Shares

काठमाडौं । आइसिसी एकदिवसीय विश्वकप छनोटअघि आजदेखि जिम्बाब्वेमा पहिलो वार्मअप खेल हुँदैछ । नेपालले पहिलो खेलमा यूएईको सामना गर्नेछ ।

नेपाल र यूएईबीचको खेल मध्यान्ह १२ः४५ देखि हरारेरस्थित ओल्ड हेनरिज क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल अभ्यास खेलमा जित निकाल्दै जिम्बाब्वे भ्रमणको सुखद सुरुवात गर्ने सोचमा छ ।

केही दिनअघि दक्षिण अफ्रिकामा स्कटल्याण्ड र नेदरल्याण्ड्सँगको अभ्यास खेलमा हार बेहोरेको नेपालले जिम्बाब्वेमा भने त्यो खराब लय तोड्न चाहन्छ । पछिल्लो समय यूएईविरुद्ध नेपाल हाबी हुँदै आएको छ ।

हालसम्म यी दुई टोलीबीचले १४ एकदिवसीय अन्तर्राष्ट्रियमा एकअर्काको सामना गरेका छन् । जसमा नेपालले ८ मा जित र ६ खेलमा हार बेहोरेको छ । हेड टु हेडमा यूएईविरुद्ध अगाडि रहेको नेपालले यसपटक पनि आफ्नो जित यात्रा कायमै राख्न चाहन्छ ।

नेपालले दोस्रो अभ्यास म्याचमा बिहीबार ओमानविरुद्ध खेल्नेछ । अभ्यासपछि विश्वकप छनोटमा समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेलमा ३ असारमा जिम्बाब्वेको सामना गर्नेछ । त्यस्तै, नेपालले दोस्रो खेलमा ५ असारमा अमेरिकासँग खेल्नेछ ।

तेस्रो खेलमा नेपालको भेट टेस्ट टिम वेस्ट इण्डिजसँग हुनेछ । नेपाल र वेस्ट इण्डिजले ७ असारमा प्रतिस्पर्धा गर्नेछन् । समूह चरणको अन्तिम खेलमा नेपालले ९ असारमा नेदरल्याण्ड्सको सामना गर्नेछ ।

नेपालको टोली ः कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), ज्ञानेन्द्र मल्ल, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जि.सी, ललित राजवंशी, अर्जुन साउद र किशोर महतो ।

यूएईको टोली : मोहम्मद वासिम (कप्तान), इथान डी सोल्झा, अली नासिर, वृत्य अरविन्द, रमिज शाहजाद, मोहम्मद जवादुल्लाह, आसिफ खान, रोहन मुस्तफा, आयन खान, जुनैद सिद्दिक, जाहूर खान, सन्चित शर्मा, अर्यांश शर्मा, कार्तिक मयाप्पन र बासिल हामिद ।

प्रतिक्रिया दिनुहोस्