Logo
Logo

मलेसियाबाट आएको विमान भैरहवामा अवतरण, यात्रुलाई पर्यटनमन्त्रीले गरे स्वागत


2k
Shares

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नेपाल एयरलाइन्सले पहिलोपटक व्यवसायीक उडान सुरु गरेको छ ।

मंगलबार बिहान मलेसियाको क्वालालम्पुरबाट ९७ जना यात्रु बोकेर आएको नेपाल एयरलाइन्सको जहाज भैरहवामा अवतरण गरेको हो । ११ जना विदेशी नागरिक सहितका यात्रुहरुलाई संस्कृति तथा पर्यटनमन्त्री सुदन किरातीले विमानस्थलमा स्वागत गरेका छन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल एयरलाइन्सले क्वालालम्पुरबाट सातामा दुई व्यावसायिक उडान गर्नेछ । भैरहवामा केही यात्रुलाई ओरालेर उक्त विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा ल्यान्ड गर्नेछ ।

अहिले क्वालालम्पुर–भैरहवाको प्रतियात्रु भाडादर ११ हजार ४६१ रुपैयाँ कायम गरिएको छ । क्वालालम्पुर–भैरहवा–काठमाडौंको भाडादर १२ हजार ३४६ रुपैयाँ कायम गरिएको छ ।

सो विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि नेपाल एयरलाइन्सले उडान सुरु गरेको हो ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले ०७९ जेठ २ गते उद्घाटन गरेपछि विमानस्थल सञ्चालनमा आएको थियो ।

यसअघि, उक्त विमानस्थलबाट कुवेतको जजिरा एयर र नेपालको हिमालयन एयरलाइन्सले उडान सुरु गरेका थिए। तर, अहिले ती दुवै एयरलाइन्स कम्पनीले त्यहाँबाट उडान बन्द गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्