
काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको हो ।
यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार उक्त सुन तोलाको एक लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य तोलाको एक लाख १२ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी तोलाको एक हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।











