Logo
Logo

गाउँपालिका प्रमुखको गाडीमा आगजनी


- दृष्टि न्युज/संवाददाता


 

खोटाङ, २३ मंसिर । रावाबेँसी गाउँपालिका प्रमुख लिलानाथ निरौलाको वडा नम्बर ५ दुवेकोलस्थित निवासमा रहेको बा २ झ ३५२४ नम्बरको गाडीमा गएराति अज्ञात समूहले आगलागी गरेको छ । आगलागीबाट गाडी ध्वस्त भएको छ ।
‘म सुतिरहेको थिएँ, बम पड्किएको जस्तो ठूलो आवाज आयो’, उनले भने, ‘उठेर हेर्दा गाडीमा ठूलो आगोको मुस्लो दन्किरहेको थियो ।’ करिब दुई घण्टापछि हरमटारबाट गएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । प्रमुख जिल्ला अधिकारी विष्णुहरि उपाध्यायले खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक वामदेव गौतम नेतृत्वको टोली घटनास्थलमा खटाइएको र आवश्यक अनुसन्धान शुरु गरिएको जानकारी दिए । आगजनी कसले गरे भन्ने अहिलेसम्म नखुलेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्