
काठमाडौं । अर्थ समितिले नयाँ स्टक एक्सचेञ्ज र नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रिया तत्कालका लागि रोक्न निर्देशन दिएको छ ।
सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको समितिको बैठकले अर्को निर्णय नभएसम्मका लागि नयाँ स्टक एक्सचेञ्जको कामकारबाही र धितोपत्र दलाल तथा धितोपत्र व्यापारीको अनुमति (ब्रोकर लाइसेन्स) प्रदान गर्ने कार्य रोक्न अर्थमन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से)लाई निर्देशन दिएको हो ।
न्युनतम मापदण्ड पुरा गरे÷नगरेको विषयमा समितिले ब्रोकर लाइसेन्स वितरण प्रक्रियामा छानविन गरि निष्कर्षमा नपुगेसम्म लाइसेन्स सम्वन्धी सम्पूर्ण प्रक्रिया तत्कालका स्थगन गर्न भनेको हो । हाल धितोपत्र बोर्डले १८ वटा ब्रोकर कम्पनीलाई लाइसेन्स प्रदान गरिसकेको छ ।
साथै, समितिले आगामी बैठकमा अर्थ मन्त्रालय र धितोपत्र बोर्डको पदाधिकारीहरुसंग नयाँ स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सको विषयमा विस्तृत छलफल गर्ने बताएको छ ।














