
काठमाडौं । सत्तारुढ दलहरुबीच गठबन्धनमा देखिएको असन्तुष्टिलाई समाधान गरी अघि बड्ने सहमति भएको छ । बालुवाटारमा आज (मंगलबार) बसेको गठबन्धन दलहरुको बैठकमा असन्तुष्टिलाई समाधान गरेर बजेट पास गर्ने सहमति भएको हो ।
प्रधानमन्त्रीको सरकारी निवास बसेको बैठकमा दलहरुबीच देखिएको असन्तुष्टिलाई समाधान गर्ने सहमति बनेको जसपा नेता राजेन्द्र श्रेष्ठले बताए । बैठकमा बजेटमा नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव नेपालसहितका नेताहरूले राखेको असन्तुष्टिलाई पनि प्रधानमन्त्रीले सम्बोधन गर्ने बताएको उनको भनाइ छ ।
त्यसो त नेकपा एसले सरकारले बजेट संशोधन नगरे सरकारबाट बाहिरिने चेतावनीसमेत दिएका थियो । अध्यक्ष नेपालको चेतावनीपछि सोमबार पनि प्रधानमन्त्रीले बालुवाटारमा बोलाएर छलफल गरेका थिए ।
आजको बैठकमा प्रधानमन्त्री प्रचण्ड, अर्थमन्त्री डा. प्रकाशशरण महत, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायत सहभागी थिए











