Logo
Logo

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य : नर्भिक


4.8k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा सोमबार दिउँसो प्रधानमन्त्रीको पूर्ण स्वास्थ्य परीक्षण गरिएको थियो ।

अस्पतालका प्रवक्ता सोमनाथ बास्तोलाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका हुन् । यसैबीच प्रधानमन्त्री पत्नी सीता दाहालको पनि नर्भिकमा फलोअप चेकजाँच भएको छ । उनलाई चेकजाँच पछि सोमबार नै निवास लगिएको थियो ।

सीता दाहालको स्वास्थ्य अवस्था जटिल रहेको छ । सीता लामो समयदेखि पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोगबाट पीडित छन् ।

प्रतिक्रिया दिनुहोस्