Logo
Logo

प्रेस सेन्टरद्धारा प्रधानमन्त्रीसहित प्रदेश र स्थानीय सरकारलाई ध्यानाकर्षण


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रदेश सरकार र स्थानीय सरकारका प्रमुखलाई एकै पटक ध्यानाकर्षपत्र बुझाएको छ ।

बुधबार बिहान बालुवाटार पुगेर प्रेस सेन्टरका अध्यक्ष विष्णु सापकोटासहितको पदाधिकारी टोलीले प्रधानमन्त्री प्रचण्डलाई १४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।

प्रेस सेन्टरले सरकारले लिएको जन पक्षीय निर्णय र कदमप्रति एक्यवद्वतासहित, प्रेस स्वतन्त्रता, न्यूनतम पारिश्रमिक वृद्धि, पत्रकारका समस्या, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रिया लगायतका विषयमा ध्यानाकर्षण गराएको हो ।

प्रतिक्रिया दिनुहोस्