Logo
Logo

देशलाई अस्थिरताबाट रोक्न मधेश सरकारलाई विश्वासको मत दियौं : शंकर पोखरेल


2.2k
Shares

फाइल फोटो

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले स्थिरताका लागि मधेश प्रदेशको सरकारलाई विश्वासको मत दिएको बताएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिएको भोलिपल्ट बुधबार सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले बाँकी प्रदेशलाई अस्थिरतातर्फ जानबाट रोक्न आफ्नो पार्टीले विश्वासको मत दिएको बताएका हुन् ।

साथै उनले रचनात्मक भूमिका खेल्ने अपेक्षा राखिएको समेत बताएका छन् । पोखरेलले पछिल्लो समय देशको विकास र समृद्धिका लागि राजनीतिक अस्थिरता र अराजकता गम्भीर चुनौती बनेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

पोखरेलले लेखेका छन्, ‘राजनीतिक अस्थिरताका विरुद्धमा नेकपा(एमाले)ले मधेस प्रदेश सरकारलाई विश्वासको मत दिएर बाँकी प्रदेशलाई पनि अस्थिरतातर्फ जानबाट रोक्न अन्य दलहरुले पनि यस्तै रचनात्मक भूमिका खेल्ने अपेक्षा राखेको छ । यतिबेलाको मुलुकको विकास र समृद्धिका लागि राजनीतिमा अस्थिरता र अराजकता गम्भीर चुनौती बन्न पुगेको छ ।’

मधेशका मुख्यमन्त्री यादवले मंगलबार मात्रै प्रदेशसभामा उपस्थित सबै सांसदबाट पुनः विश्वासको मत पाएका छन् । मुख्यमन्त्री नियुक्त भएलगत्तै शतप्रतिशत सांसदको विश्वासको मत पाएका उनले एमालेले समर्थन फिर्ता लिएपछि मंगलबार दोस्रो पटक विश्वासको मत लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्