Logo
Logo

सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घट्यो


1.6k
Shares

काठमाडौं। आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु सुनको भाउ प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

आज घटेको मुल्यसहित छापावाल सुन प्रतितोला एक लाख ११ हजार ८ सय रुपैयाँमा करोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख १२ हजार ७ सय रुपैयाँमा करोबार भएको थियो ।

त्यसैगरी आज तेजाबी सुन प्रतितोला एक लाख ११ हजार २५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बुधबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर कारोबार भएको छ । चाँदी प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्