Logo
Logo

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै


10.6k
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । आज (बुधबार) बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक बस्न लागेको हो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बिहान ९ बजे बैठक बस्ने भएको हो । बैठकले मुख्यसचिव नियुक्त गर्ने तयारी गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले जनाएको छ ।

स्रोतका अनुसार वर्तमान मुख्यसचिव शंकरदास वैरागीलाई राजदूत बनाएर पठाउने र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत डा.वैकुण्ठ अर्याललाई मुख्यसचिव बनाउने तयारी भएको छ ।

प्रतिक्रिया दिनुहोस्