Logo
Logo

सेयर बजारमा सामान्य वृद्धि



काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य वृद्धि भएको छ । ५ अंकले बढेर २०४२.०७ विन्दुमा रोकिएको हो ।

बिहीबार सेयर बजारमा ०.२५ प्रतिशतको वृद्धि हुँदा कारोबार रकम भने मंगलबार र बुधबारको तुलनामा घटेको छ । बिहीबार २७० धितोपत्रको ५२ हजार ८१४ वटा कारोबारबाट ७८ लाख ९६ हजार ४७८ कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब १६ करोड २८ लाख १० हजार ८४३ रुपैयाँको भएको छ ।

उपसूचकहरुमा समेत मिश्रित नतिजा आएको छ । आज होटल र पर्यटन उपसूचकका लगानीकर्ताले सबैभन्दा धेरै (.५६ प्रतिशत)ले कमाएका छन् ।

बिहीबार सिटी होटलको कारोबार सकारात्मक सर्किटमा भएको छ । यसको मूल्य प्रतिकित्ता १७८.७० रुपैयाँ पुगेको छ । अभियान लघुवित्त, वीपीडब्लू लघुवित्त, कालिका लघुवित्त, सोल्टी होटलसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ ।

भूगोल इनर्जी, मल्टीप्रपोज फाइनान्स, मिर्मिरे लघुवित्त, साधना लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ । शिवम् सिमेन्ट, सोल्टी होटेल, नेपाल लाइफ इन्स्योरेन्ससहितका कम्पनीको कारोबार धेरै भएको छ ।

प्रतिक्रिया दिनुहोस्