काठमाडौं । गृह मन्त्रालयले सेटिङ मिलाएर कमाइ हुने ठाउँमा खटिएका ठूलो संख्याका शाखा अधिकृतहरुलाई उपत्यका बाहिर सरुवा गरेको छ ।

गृहमन्त्री नारायणकाजी श्रेष्ठले बुधबार २८ जना शाखा अधिकृतको सरुवा गरेर उपत्यका बाहिरको दुर्गम र तराई क्षेत्रका २३ जिल्ला सरुवा गरेका हुन् । सरुवा भएकामा २३ जना त्रिभुवन विमानस्थल, अध्यागमन विभाग, कारागार, राष्ट्रिय परिचयपत्र तथा पन्जिकरण विभागमा कार्यरत थिए ।
स्रोतका अनुसार सेटिङ मिलाएर अध्यागमन र एयरपोर्ट लगायतका अलि सहज ठाउँमा बसिरहेकालाई गृहको आदेश नमान्ने कर्मचारीलाई मन्त्री श्रेष्ठले निर्देशन दिएका छन् ।
५ जना सामान्य प्रशासन मन्त्रालयबाट सरुवा भएका पनि उपत्यका बाहिर खटाइएका छन् । काठमाडौं बाहिर नजान शक्ति प्रयोग गर्ने कर्मचारीलाई खटाएकै ठाउँमा पठाउने निर्णय गरेको हो ।
सरुवा भएका कर्मचारीलाई बिहीबार गृहमन्त्री श्रेष्ठले बोलाएर जनताको काममा लाग्न निर्देशन दिएका छन् ।
रौतहट, धादिङ, गुल्मी, जुम्ला, सर्लाही, सप्तरी, गोरखा, ओखलढुंगा, बाँके, पर्सा, सिन्धुपाल्चोक, दोलखा, उदयपुर, कपिलवस्तु, सोलुखुम्बु, प्युठान, अछाम, सुर्खेत, तनहुँ, कास्की र मोरङ लगायत जिल्लाका जिल्ला प्रशासन कार्यालयमा सरुवा गरिएको हो ।














