Logo
Logo

हरिकृष्ण कार्कीलाई प्रश्न- संसद हुँदाहुँदै प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई परमादेश जारी गर्न मिल्छ ?


10.2k
Shares

काठमाडौं । संसदीय सुनुवाइ समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सांसदहरुको जवाल जवाफ जारी छ । सो क्रममा राष्ट्रपतिका नाममा परमादेश जारी गर्न मिल्छ ? भन्दै सांसदहरुले प्रश्न गरेका छन् ।

सांसद देवेन्द्र दाहालले ‘यति घण्टाभित्र प्रधानमन्त्री बनाउनु भनेर राष्ट्रपतिका नाममा परमादेश जारी भयो । संसद् ज्यूँदै थियो, संसद्ले बनाउथ्यो, यस्तो विकृत नजिरलाई कसरी सच्याउनुहुन्छ ?,’ भन्दै प्रश्न गरेका थिए ।

उनले जग्गा हडपेर पैसा खाएको, दलीय आवरणमा वरिष्ठता दिएको, घुस नखाइ अदालतमा पेसी नचढ्ने, संवैधानिक इजलास योजनावद्धरुपमा बस्न नदिएकोलगायतका उजुरीका बारेमा पनि प्रश्न गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्