Logo
Logo

बदनाम गर्ने गरी भएको आलोचना स्वीकार्य हुँदैन : हरिकृष्ण कार्की


1.2k
Shares

काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले कसैलाई बदनाम गर्ने गरी आलोचना भएको त्यो स्वीकार्य नहुने बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले गरेको प्रश्नमा जवाफ दिँदै उनले आफू आलोचनाको स्वागत गर्ने मान्छे भएको तर, कसैलाई बदनाम गर्ने गरी भएको आलोचना स्वीकार्य नहुने बताएका हुन् । साथै उनले अदालतका फैसलाको विश्लेषणात्मक र सैद्धान्तिक छलफलले मात्र न्यायपालिका स्वच्छ हुने बताए ।

‘म सधैँ आलोचनाको स्वागत गर्ने मान्छे हो । म सधैँ हाम्रा फैसलाको विश्लेषणात्मक र सैद्धान्तिक छलफल गर्नुहोस भन्छु । यसले मात्र न्यायपालिका स्वच्छ हुन्छ, म सबैसँग आह्वान गर्छु,’ उनले भने, ‘तर, दर्शन, सिद्धान्त, तथ्यमा हुनुपर्छ । तर, कसैलाई बदनाम गर्ने गरी हुन्छ भने स्वीकार्य हुँदैन ।’

उनलाई समितिका सदस्यहरूले प्रश्न गरिरहेका छन् भने उनले जवाफ दिइरहेका छन् । सुनुवाइबाट अनुमोदन भए उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन् । कार्की अहिले कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा छन् ।

प्रतिक्रिया दिनुहोस्