Logo
Logo

कालोकोटधारी शरणार्थी प्रकरणका आरोपी जोगाउन लागिपरेका छन् : केसी


567
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा सांसद चित्रबहादुर केसीले नक्कली शरणार्थी प्रकरणका आरोपीहरुलाई उम्काउन कालोकोटधारी (कानुन व्यवसायी)हरुले टुप्पीदेखि पैत्ताला सम्मको बल लगाइरहेको बताएका छन् ।

फाइल तस्बिर

प्रतिनिधि सभाको शुक्रबारको बैठकको शून्य समयमा बोल्दै सांसद केसीले यस्तो बताएका हुन् । ‘नेपालीलाई भुटानी शरणार्थी बनाउनेहरुको बचाउको लागि १२० जना कालोकोट धारीहरुले टुप्पीदेखि पैत्ताला सम्मको बल लगाएर भ्रष्टचारी उम्काउने षडयन्त्र गरिरहेका छन्’, उनले भने, ‘भ्रष्टचारीलाई उम्काउनैका लागि कालाकोटेले जुन दुस्साहस गरिरहेका छन् । यसमा दूधको दूध पानीको पानी होस् ।’

प्रतिक्रिया दिनुहोस्