
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमन गर्न सिन्धुपाल्चोक पुगेका छन् । उनी आज (शनिबार) मेलम्ची खानेपानीको मुहानको अनुगमन गर्न मेलम्ची पुगेका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलले मेलम्चीमा स्वागत गरेका छन् । प्रधानमन्त्री प्रचण्डले मेलम्ची खानेपानी आयोजनाको अहिलेको अवस्थाबारे जानकारी लिनुका साथै स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको उनका प्रेस संयोजक सुर्य किरण शर्माले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्डसहितको टोलीलाई अम्बाथान क्याम्पमा मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशकले आयोजना सम्बन्धी ‘ब्रिफिङ’ गर्ने कार्यक्रम छ। त्यसपछि प्रधानमन्त्रीले ग्याल्थुममा स्थानीय पदाधिकारीसँग पनि अन्तरक्रिया गर्नेछन् ।











