Logo
Logo

शरणार्थी प्रकरणमा जोडिएकालाई पार्टीबाटै निष्काशन गर्न रवि लामिछानेको चुनौती


7.1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्काशन गर्न चुनौती दिएका छन् ।

रास्वपा काठमाडौं निर्वाचन क्षेत्र नंवर ७ को प्रथम क्षेत्रिय भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै लामिछानेले आफ्ना सांसदको अडियो टेप सार्वजनिक हुनेवितिकै साधारण सदस्यसमेत नरहने गरि निष्कासन गरिएको भन्दै शरणार्थी प्रकरणमा जोडिएका सांसदहरुलाई पार्टीबाटै निष्काशन गर्न सम्बन्धीत दललाई चूनौति दिएका हुन् ।

सिंहदरबार र बालुवाटारमा पैसा बुझ्नेहरु पुपक्र्षका लागि जेल चलान भएको अवस्थामा निर्वाचन क्षेत्रमा पुनः निर्वाचन हुने गरि निष्काशन गरे आफुहरु प्रतिष्पर्धामा उत्रने उनले बताए । उनले रास्वपाभित्र भ्रष्टाचार लगायतका क्रियाकलाप मात्रै नभई सपनामा पनि भ्रष्टाचार गरिएको देख्न पाउने छुट नरहेको उल्लेख गरे ।

लामिछानेले मुलुकमा भएका परिवर्तनको मानमर्दन गर्ने छुट कसैलाई पनि नभएको भन्दै जनताले चाहेको परिवर्तन बल्ल सुरु हुन लागेको बताए । त्यस्तै उनले देशका बिभिन्न स्थानमा बजेको घण्टीको आवाज अब नरोकिने भन्दै आगामी निर्वाचन केन्द्रीत कार्यक्रममा जुट्न आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस्